भदौ १९, बैतडी । बैतडी जिल्लाका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण गरिएका छन् । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले विपद्को समयमा सहजै हेलिकोप्टर अवतरण गराउन तथा हेलिकोप्टबाट उद्धारका लागि सबै हेलिप्याड निर्माण गरिएको जानकारी दिएका छन ।
उनले भने, “विपद् बेला आपत्कालीन उद्धारका लागि सहजता होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ, यसले तत्काल हवाई उद्धार गर्न मद्दत गर्छ ।”