असोज २५, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारको अवसरमा विदेशबाट आयात भएका फूलमालाको बिक्री तथा वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा
महानगर प्रहरी बलले यो निर्णयको जानकारी दिँदै,
नेपाली
किसानलाई सहयोग र प्रोत्साहन गर्ने उद्देश्यले आयातित फूलमालामा रोक लगाइएको
बतायो।
महानगर प्रहरी प्रमुख, वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका
अनुसार, स्वदेशी फूलको
प्रयोगलाई प्रोत्साहित गर्न कात्तिक १ देखि ६ गतेसम्म महानगरले काठमाडौँका ३२
स्थानमा फूल बिक्री केन्द्रहरू सञ्चालन गर्ने तयारी गरेको छ।
- न्युज बहार संवाददाता