Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सोमबार ४.२६ अंकले नेप्से बढ्दा कारोबार रकम ८७ करोडमा सिमित

  •   ३ वर्ष अघि | १ असोज २०८०, सोमवार

असोज १, काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसुचक बढ्ने प्रयासमा देखिएको छ। 

सोमबार नेप्से परिसूचक ४.२६ अंक (०.२१ प्रतिशत)ले बढेर १९६९.१८ विन्दुमा पुगेर बन्द भएको छ।

सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। आज तिज परेकाले पनि कारोबार रकममा प्रभाव परेको हो । 

यस दिन २७१ वटा धितोपत्रको २८ लाख ७४ हजार कित्ता सेयर किनबेचबाट ८७ करोड रूपैयाँको कारोबार भएको हो।

यस दिन एक सय ६९ कम्पनीको मूल्य बढेको छ भने ७८ वटाको मूल्यमा गिरावट आएको छ । 

आज कारोबारमा आएकामध्ये जलविद्युत समूहमा सबैभन्दा धेरै एक प्रतिशतको वृद्धि आएको छ। 

  • न्युज बहार संवाददाता

थप