पुस १, रुकुम
। दशक अघिसम्म रुकुमपूर्वमा प्रशस्त मात्रामा गरिने जौँखेती अहिले हराउँदै गएको छ
। किसान आकर्षित नहुँदा कुनै समय जिल्लाको प्रमुख बाली भित्र पर्ने सो खेती पछिल्लो
समय बिरलै मात्रामा देखिने गरेको छ । जिल्लामा अहिले पूजाआजामा आवश्यक पर्ने
जौँसमेत उत्पादन हुन छाडेको छ ।
पुथा
उत्तरगङ्गा गाउँपालिका–१
मैकोटमा सबैका बारीमा पाँच/छ वर्षअघिसम्म यही समयमा जौँ उम्रिएर हरियाली
देखिन्थ्यो भने अहिले ती सबै खेतबारी खाली रहेका छन् । ती खेतबारी अहिले भेडाबाख्रा,
घोडा/खच्चड चरिचरन
गर्ने क्षेत्र बनेका स्थानीय बताउँछन । मकै भित्र्याएपछि खाली भएका ती बारी अब
अर्को याममा मकै नरोप्दासम्म खाली नै रहने गरेको छ ।
एक स्थानियका
अनुसार पहिले
सबैको बारीमा जौँखेती हुने गर्दथ्यो तर पछि विस्तारै मानिसले जौँखेती गर्न छाडे अहिले
मकै भित्र्याएपछि मैकोटका सबैले खेतबारी बाँझै राखेर एक यामभरि वस्तुभाउको चरिचरन
गर्ने क्षेत्र बनाउने गरेका छन् ।
मैकोटका
स्थानिय चामबहादुर कामीले पनि पहिले जौँखेती गर्दै आएका थिए । उनले पछिल्लो समय
आफूले जौँखेती नगरेको जानकारी दिएका छन । उनले भने “पहिले जौँ उत्पादन हुँदा त्यसैको
सातु, ढिडो
बनाएर खाने गरिन्थ्यो, जौँबाट बनेका परिकार खानलाई पनि
मीठो र स्वास्थ्यका लागि पनि निकै राम्रो हुन्थ्यो।” वस्तुभाउलाई दानाका रूपमा पनि
जौँ प्रयोग गर्ने चलन थियो भने अहिले आफूलाई आवश्यक पर्दा चाहिने जौँसमेत उत्पादन
हुन छाडेको उनी बताउँछन भनाइ छ ।
मैकोटका
अर्का स्थानीय विकास पुनले पछिल्लो समयमा जौँखेती हराउँदै जानुको कारण मैकोटमा
छाडा पशुचौपायाबाट बाली जोगाउन गाह्रो हुने र जौँ भित्र्याउने बेलामा स्थानीय
यार्सा सङ्कलन गर्न जाने रहेको बताए