साउन ४, काठमाडौँ । राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार परिसर वा आसासमा थप एक सय किलो सुन रहेको हुनसक्ने आशंकासँगै विशेष अप्रेशन जारी राखेको छ ।
राजस्व अनुसन्धान विभागले एक सय किलो सुन विमानस्थलको कार्गो भवनबाट बाहिरिने गेटैमा बरामद गरको दोस्रो दिन थप उस्तै प्रकृतिको एक सय किलो भन्दा बढी सुन विमानस्थल भित्रै रहेको आशंकाको आधारमा अप्रेशन जारी राखेको जानाएको हो ।
विभागका महानिर्देशक नवराज ढुंगाना अहिले विशेष अप्रेशनका लागि आफैं विमानस्थल परिसरमा पुगेका छन् भने विभागले हिजो पक्राउ परेकाहरुको घर तथा बासस्थान र हन्य जानकारीको बारेमा खानतलासी गरिरहेको छ ।
- न्युज बहार संवाददाता