असार २१, काठमाडौँ। आज बिहीबार साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से स्थिर रहेको छ।
आज बजार २०४९ हिजो बन्द भएको बिन्दुमानै बन्द भएको हो।
दिनभर उतारचढावमा बिच २ बजेर १६ मिनेटमा बढेर २०६२ बिन्दुसम्म पुगेको बजार त्यसपछी भने घटेर उक्त बिन्दुमा पुगी बन्द भएको हो।
आज बिहीबार बजारमा कारोबार रकम पनि अघिल्लो दिन बराबर हुन पुगेको छ।
यस दिन उक्त रकम ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार ३१५ रुपैयाँ पुगेको छ।
आज सेयर बजारमा २८० वटा धितोपत्रको ९७ लाख ५१ हजार ९८५ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार सिटी होटल र रावा इनर्जीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
- न्युज बहार संवाददाता