जेठ १८, काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज बिहीबार
नेप्से परिसूचक दोहोरो अंकले बृद्धि भएको छ।
मंगलबार देखि घटेको सेयर बजार बिहीबार भने १६.५४ अंकले बढेको हो।
यस दिन नेप्से ०.८९ प्रतिशतले बढेर १८६६.३४ बिन्दुमा पुगेर बन्द भएको छ।
आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन उक्त रकम हिजोको तुलनामा घटेर १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँमा सीमित भएको छ।
आज २७२ वटा धितोपत्रको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच भएको हो।
- न्युज बहार संवाददाता