Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज एकै दिन ४७.७५ अंकले बढ्यो नेप्से, कारोबार कम पनि बढ्यो

  •   ३ वर्ष अघि | १० मंसिर २०८०, आइतवार

मंसिर १०, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४७.७५ अंक (०.५६ प्रतिशत) १९०७.९५ बिन्दुमा बन्द भएको छ।

आइतबार नेप्से परिसूचकसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ।

यस दिन २९४ वटा धितोपत्रको ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेचबाट २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रूपैयाँको कारोबार भएको छ ।

यसदिन भगवती हाइड्रोपावर र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक २.४७ प्रतिशतले घट्नेमा इन्फिनिटी लघुवित्त रहेको छ।

आज नेप्सेमा सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।

यस कम्पनीको आज प्रतिकित्ता २९३ रूपैयाँ ३० पैसामा ११ करोड ६६ लाख बराबरको सेयर कारोबार भएको छ।

त्यसैगरी आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढेको छ।  

आज सर्वाधिक ४.४४ प्रतिशतले जीवन बीमा समूहको परिसूचक बढेको छ भने ३.९१ प्रतिशतले वित्त समूहको परिसूचक बढेको छ।

  • न्युज बहार संवाददाता

थप