Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

शेयर बजार परिसचुकले घट्ने क्रमलाई दियो आज पनि निरन्तरता

  •   ३ वर्ष अघि | ९ फाल्गुन २०८०, बुधबार

फागुन ९, काठमाडौँ । शेयर बजार परिसचुकले घट्ने क्रमलाई आज पनि निरन्तरता दिएको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि निरन्तर घट्दो क्रममा रहेको छ।

बुधबार नेप्से सूचक ६.४६ अंक (०.०३१ प्रतिशत) ले घटेर २०२६.५९ विन्दुमा बन्द भएको छ । यस दिन २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँ बराबरको ६३ लाख ४१ हजार १७४ कित्ता शेयर खरिदबिक्री भएको छ।यसपटक पनि नेप्से सूचक घटेर सपोर्ट जोनमा आइपुगेको छ ।

बुधबार हिमालयन उर्जा, बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.८४ प्रतिशतले घटेको छ ।

यसदिन हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ११ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन प्रशोधन बाहेक अन्य सबै १२ वटा उपमूहको सूचक घटेको छ । सबैभन्दा धेरै ०.८८ प्रतिशतले बुधबार हाइड्रोपावर उपसमूहको सूचक घटेको छ ।

  • न्युज बहार संवाददाता

थप