Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस कम्पनिको करिब ६० अर्ब रुपैयाँ बराबरको आइपिओ आउँदै

  •   ३ वर्ष अघि | २९ असोज २०८०, सोमवार

असोज २९, काठमाडौँ ।  नेपाल विदुत् प्राधिकरण अहिले प्रिमियम मूलयमा आईपीओ निष्कासन गर्ने तयारीमा जुटेको छ । यस वर्ष पनि नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । प्राधिकरणले अघिल्लो वर्ष पनि सोही रेटिङ पाएको थियो ।

डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ ।

नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम प्राधिकरणले तेस्रो वित्तीय पुनर्संरचना गरी संस्थाको सेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरिसकेको छ ।

प्राधिकरणले आफ्नो चुक्ता पूँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको १० प्रतिशत सार्वजसनिक निष्कासन गर्ने तयारी गरेको हो ।

प्राधिकरणले उक्त सार्वजनिक निष्कासनबाट प्रिमियमसहित करिब ६० अर्ब रुपैयाँ बराबरको स्रोत संकलन गर्ने प्रस्ताव गरेको छ ।

प्राधिकरणले सेयरको प्रतिकित्ता किताबी मूल्य करिब १२५ रुपैयाँ कायम गर्ने र त्यसमा त्यति नै अर्थात १२५ रुपैयाँ नै रकम प्रिमियम थप गरी सेयर निष्कासनको प्रस्ताव गरिएको जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप