भदौ १२, काठमाडौँ । भदौ २१ गते देखी हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । हाथवे इन्भेष्टमेन्ट कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यको सेयर सार्वजनिक गर्न लागेको हो ।
कम्पनीको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर प्रतिकित्ता ५० रुपैयाँ अंकित मुल्यमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। ग्लोबल आईएमई क्यापिटल लिमिटेड कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम २० कित्ता र अधिकतम १ लाख कित्तासम्म भदौ २५ गते सम्म आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले इस्यूअर रेटिङ ‘इक्रा एनपी आईआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसको मतलब कम्पनीको लगानीमा मध्यमस्तरको क्रेडिट जोखिम रहेको संकेत देखिन्छ ।
- न्युज बहार संवाददाता