मंसिर
१०, काठमाडौँ । आज आइतबारदेखि नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले सर्वसाधारणका
लागि आइपिओ बिक्री खुला गरेको छ।
सर्वसाधारणका लागि कम्पनीले ११
लाख ४१ हजार दुई सय ५० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो।
कम्पनीको प्रतिकित्ता एक सय
रूपैयाँ अंकित मूल्यको आधारमा सेयर जारी गरेको हो।
कम्पनीको आइपिओ न्यूनतम १०
कित्तादेखि अधिकतम ५० हजार कित्ता सम्मका लागि मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ।
आइपिओको
लागी गराएको रेटिङमा रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपिओलाई 'बी बी माइनस रेटिङ' प्रदान गरेको छ। यस्तो प्रकारको रेटिङले
कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको जनाउँछ।
नेपाल
बेयर हाउजिङ कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।
यस
आइपिओमा लगानी गर्न चाहाने लगानिकर्ताहरुले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय
संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।
- न्युज बहार संवाददाता