Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ निष्कासन सुरु

  •   १ वर्ष अघि | ७ असोज २०८२, मङ्लबार

असोज ७, काठमाण्डौ — एसवाई प्यानल नेपाल लिमिटेडले आज असोज ७ गतेदेखि आफ्ना सेयर सार्वजनिक रूपमा बिक्रीका लागि आईपीओ निष्कासन गर्न थालेको छ। यो आईपीओ उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि हो।

यसअघि भदौ २९ गतेदेखि आईपीओ जारी गर्ने तयारीमा रहे पनि केही कारणवश ढिला भई आजदेखि सार्वजनिक निष्कासन गरिएको हो। कम्पनीले कुल जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख रुपैयाँमध्ये ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गर्न नियामक निकायबाट अनुमति पाएको हो।

आईपीओ विवरण:

  • स्थानीय बासिन्दा: २ लाख ६१ हजार ६२९ कित्ता सेयर (२%) रत्ननगर नगरपालिकाका सबै वडाका बासिन्दाहरूका लागि छुट्याइएको छ।
  • वैदेशिक रोजगारीमा रहेका नेपालीहरू: ४ लाख ९७ हजार ९२ कित्ता सेयर (१०%) उपलब्ध गराइएको छ।
  • कर्मचारीहरूका लागि: १ लाख ४९ हजार १२७ कित्ता सेयर।
  • सामूहिक लगानी कोष: २ लाख ४८ हजार ५४६ कित्ता सेयर सुरक्षित गरिएको छ।

न्यूनतम र अधिकतम आवेदन सीमा
न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सकिनेछ।

आईपीओ बन्द हुने मिति

  • स्थानीय बासिन्दा: छिटोमा असोज २१ गते, ढिलोमा कात्तिक ९ गते।
  • विदेशमा रहेका नेपालीहरू: छिटोमा असोज १० गते, ढिलोमा असोज २१ गते।

रेटिङ र व्यवस्थापन
इक्रा नेपालले कम्पनीलाई ‘ICRA NP Issuer Rating Double B (BB)’ प्रदान गरेको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्दछ।
आईपीओ बिक्री तथा वितरण व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गर्दैछ।

आवेदन दिने स्थान

  • स्थानीय बासिन्दाहरू: एसवाई प्यानल नेपाल, रत्ननगर (चितवन), प्रभु क्यापिटल (कमलादी), प्रभु बैंकको सौराहा र टाँडी शाखा, वा अनलाइन लिंकमार्फत आवेदन दिन सक्नेछन्। दरखास्त फारामको शुल्क २ रुपैयाँ तोकिएको छ।
  • वैदेशिक रोजगारीमा रहेका नेपाली: नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको शाखाबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
  • न्युज बहार संवाददाता

थप