फागुन ११, काठमाडौँ । आज बिहिबार नेपाल स्टक एक्सचेन्ज
(नेप्से) मा सूचीकृत सबै लघुवित्तको सेयर मूल्यमा भारी गिरावट आएको छ । नेपालको केन्द्रीय
बैंक राष्ट्र बैकले एकीकृत निर्देशन जारी गर्दै लघुवित्तको लाभांश वितरणमा कडाइ
गरे पछी लघुवित्तको सेयर मूल्यमा भारी गिरावट आएको हो ।
हिजो बुधवार केन्द्रीय बैंकले लघुवित्तका लागि निर्देशन जारी
गर्दै १५ प्रतिशतभन्दा बढी लाभांश वितरणमा कडाइ गरेको थियो । यो व्यवस्थासँगै आज
कारोबार नेप्से खुल्नसाथ लघुवित्त कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आउन
थालेको थियो प्री ओपन सेसनबाट नै घट्न सुरु भएको लघुवित्त सुचक र नेप्से परिसुचक निरन्तर
ओरालो लागेको छ । हाल सबैभन्दा धेरै सेयर मूल्य गुमाउने कम्पनीहरूको सूचीमा लघुवित्त
मात्रै छन् । समाचार तयार पार्दासम्मको अवधिमा नेप्सेमा ४८ अंकको गिरावट आइसकेको छ ।