माघ २, काठमाडौँ । आज साताको दोस्रो
कारोबार दिन नेप्से परिसूचक २.५७ प्रतिशत बढेर बन्द भएको छ। आज नेप्से ५४.५४ अंकले
बढेर २१७५.१७ बिन्दुमा पुगेको छ । यसदिन नेप्सेसँगै कारोबार रकम पनि उच्च दरले
बढेको छ। करिब
२ वर्षपछि नेप्सेको कारोबार रकम ८ अर्ब नाघेको छ ।
यस दिन ३०४ स्टकको १
लाख ३३ हजार पटकको कारोबारमा ८ अर्ब २ करोड ३८ लाख रुपैयाँ बराबरको २ करोड ३३ लाख
७० हजार कित्ता शेयर कारोबार भएको छ।
जानकारहरुका अनुसार अहिले
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घटेको छ भने बैंकहरुले शेयर धितोमा
कर्जा प्रवाह गरिरहेका छन् ।
आज एक दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा
कारोबार भएको छ भने त्यीमध्ये ८ जलविद्युत कम्पनीहरु रहेका छन्। आज सर्वाधिक ९.९९
प्रतिशतले ज्योति विकास बैंकको ऋणपत्रको मूल्य घटेको छ।
यस दिन कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल
लिमिटेड शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा यस दिन निफ्रा रहेको छ।
आज मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये सर्वाधिक
४.७५ प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको छ। त्यसैगरी, ३ प्रतिशतभन्दा जलविद्युत, लगानी र लघुवित्त
उपसमूहको परिसूचक बढी बढेको छ ।
- न्युज बहार संवाददाता