Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

२६.३६ अंकले घटेको बजारमा तिन कम्पनिको सेयर मुल्य १० प्रतिशले बढ्यो

  •   ३ वर्ष अघि | २२ पुस २०८०, आइतवार

पुस २२, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।

आज नेप्से परिसूचक २६.३६ अंक(१.२८ प्रतिशत)ले घटेर २०२२.९२ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। यस दिन ३०४ स्टकको ९८ हजार ६३२ पटकको कारोबारमा ५ अर्ब २४ करोड १४ लाख रुपैयाँ बराबरको १ करोड ५२ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यसदिन नेप्से घटेपनि तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मुक्तिनाथ कृषि कम्पनी, तेह्रथुम पावर कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन नेपाल रिपब्लिक मिडिया, मानुषी लघुवित्त र शुभम पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

यस दिन १३ उपसमूहमध्ये जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ।

यस दिन सर्वाधिक १.०३ प्रतिशतले जलविद्युत उपसमूहको परिसूचक बढेको छ भने यस दिन सर्वाधिक २ प्रतिशतभन्दा बढी जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ ।

 

  • न्युज बहार संवाददाता

थप