Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सेयरधनीहरुलाई आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ८.६० प्रतिशत लाभांश दिने

  •   ३ वर्ष अघि | २१ असोज २०८०, आइतवार

असोज २१, काठमाडौँ । आफ्ना सेयरधनीहरुलाई आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ९.०५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

असोज १९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

सेयरधनीलाई कम्पनीले हाल कायम चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँको ८.६० प्रतिशत बोनस सेयर दिन प्रस्ताव गरेको हो । ०.४५२६ प्रतिशत नगद भने लाभांशमा लाग्ने कर प्रयोजनको लागि गरी कुल ९.०५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछी प्रस्तावित लाभांश सेयरधनीमा वितरण हुनेछ ।

  • न्युज बहार संवाददाता

थप