Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज शुक्रबारदेखि रिडी पावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन बिक्री खुला

  •   ३ वर्ष अघि | १८ फाल्गुन २०८०, शुक्रबार

फागुन १८, काठमाडौँ । आज फागुन १८ गते शुक्रबारदेखि रिडी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । 

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ५४ करोड, ८९ लाख १ हजार २०० रूपैयाँ रहेको छ । सोही चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने हकप्रद सेयर कम्पनिले निष्कासन गर्न लागेको हो।

हाल कायम १० कित्ता सेयर बराबर नयाँ ५ कित्ताको अनुपातमा कम्पनीले हकप्रद सेयर निष्कासन खुला गरेको हो । 

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि माघ २२ गते बुक क्लोजको मिति तय गरी माघ २१ गते सम्म कायम सेयरधनीहरूले उक्त हकप्रद सेयरका लागि आवेदन दिन सक्ने जनाएको छ । सक्नेछन्। 

चैत ८ गतेसम्म सेयर भर्ने समय तोकिएको छ ।

 

  • न्युज बहार संवाददाता

थप