जेठ २९, काठमाडौँ। साताको दोस्रो कारोबार दिन अर्थात आज सोमबार सेयर बजार परिसूचक नेप्से एकल अंकले बढेर बन्द भएको छ।
आज बजार खुलेसँगै बढ्न घट्ने क्रम चलिरहँदा अन्तिममा नेप्से परिसूचक ७.७९ अंकले बढेर १९८७.८७ मा रोकिएको छ। आजको यो बृद्धि ०.३९ प्रतिशत हो।
यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज सेन्सेटिभ इन्डेक्स २.८३ अंकले बढेर ३७३.३५ पुगेको छ। त्यसैगरी फ्लोट इन्डेक्स ०.३४ अंकले बढेर १३८.०१ अंकमा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६४ अंकले बढेर १२३.४६ मा बन्द भएको छ।
आज नेप्सेमा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ। अघिल्लो दिन करिब साढे तिन अर्बको कारोबार भएको बजारमा आज २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
बजारमा आज २८५ स्टकको ४९ हजार ९४४ पटक कारोबार भएको छ।
आज निर्माण र प्रशोधन उपसमुहमा सबै भन्दा धेरै २.०५ प्रतिशत बृद्धी भएको छ भने आज सबै भन्दा धेरै सोल्टी होटलको शेयर खरिद बिक्री भएको छ।
- न्युज बहार संवाददाता