साउन ४, काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा सामान्य एकल अंकको गिरावट आएको छ ।
दिनभर उतारचढावको अवस्थामा रहेको बजार अन्तिममा १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा बन्द भएको हो।
आजको गिरावट ०.०६ प्रतिशतको मात्र हो । घट्दो बजारमा पनि व्यापार, उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले कमाएका छन । यस दिन व्यापार उपसूचक ६.३५ प्रतिशतले बढेको छ ।
आज बिहीबार नेप्सेमा २६४ धितोपत्रको ५४ हजार ९५४ कारोबारबाट ८४ लाख २४ हजार १०८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा विशाल बजार कम्पनी र लिवेट्री इनर्जीको
कारोबार सकारात्मक सर्किट लेवलमा भयो भने सिटिजन्स म्यूचअल फण्ड र कुमारी इक्विटी फण्डको मूल्य
नकारात्मक सर्किट लेवलमा घटेको छ।
त्यसैगरी शिवम् सिमेन्ट, सोल्टी होटलको सबै भन्दा धेरै
कारोबार भएको छ ।
- न्युज बहार संवाददाता