Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेप्सेमा सामान्य बृद्धी, एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार

  •   २ वर्ष अघि | २ माघ २०८१, बुधबार

माघ २, काठमाडौँ । आज बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५.९६ विन्दुमा पुगेको हो ।

यस दिन कारोबार रकम भने घटेको छ। बजारमा यस दिन २९९ स्टकको ६३ हजार ३७४ पटकको कारोबारमा ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दोल्ती पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने न्यादी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन  कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ३२ करोड ४९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।

यस दिन सर्वाधिक १.७६ प्रतिशतले जलविद्युत उपसमूहको परिसूचक बढेको छ भने सर्वाधिक ३.४८ प्रतिशत कारोबारमा आएको वित्त उपसमूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप