चैत ९, काठमाडौँ। बिहीबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक
ओरालो लाग्ने क्रम जारी रहेको छ।
केही
समयदेखि नेप्से परिसूचक १९३३ को बिन्दुमा टेवा पाएर बढ्ने प्रयासमा रहेको थियो तर
बजारलाई सकारात्मक प्रभाव पार्ने खबर नआएकोले यो प्रयास असफल भएको छ।
बिहीबार
नेप्से २०.०३ अंकले घटेको छ। यस दिन नेप्से १.८१ प्रतिशतले
घटेर १९३३.२९ बिन्दुमा बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको
तुलनामा बढेको छ।
- न्युज बहार संवाददाता