Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

५९.०२ अंकले घट्यो नेप्से, वित्त उपसमूहको परिसूचकमा सर्वाधीक गिरावट

  •   २ वर्ष अघि | ७ असोज २०८१, सोमवार

असोज ७, काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।

सोमबार नेप्से परिसूचक ५९.०२ अंक(२.२८ प्रतिशत)ले घटेर २५२९.३३ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।  बजारमा यस दिन ३२९ स्टकको ७७ हजार १५३ पटकको कारोबारमा ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सर्वाधिक ९.८४ प्रतिशतले हिमालयन हाइड्रोपावरको शेयरमूल्य बढेको छ। यस दिन समृद्धि फाइनान्स, गुडविल फाइनान्स, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

आज कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनिको यस दिन २१ करोड १३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये सर्वाधिक ५.५६ प्रतिशतले वित्त उपसमूहको परिसूचक घटेको छ। 

  • न्युज बहार संवाददाता

थप