Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मंगलबार नेप्से स्थिर, कारोबार रकममा गिरावट

  •   १ वर्ष अघि | १४ जेष्ठ २०८२, मङ्लबार

जेठ १३, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक स्थिर रहेको छ।

नेप्से मंगलबार २६७५.६२ विन्दुमा बन्द भएको हो।

यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बजारमा यस दिन आज ३१८ वटा धितोपत्रको एक करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर किनबेचबाट  ६ अर्ब ५२ करोड रूपैयाँको कारोबार भएको छ।

यसदिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। ओम मेगाश्री फर्मास्युटिकल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, भूगोल इनर्जी, ग्रीन डेभलपमेन्ट बैंक र पियोर इनर्जीको मूल्य १० र ९.९९ प्रतिशतका दरले बढेको छ। आज कारोबारमा आएको गुराँस लघुवित्तको मूल्य सर्वाधिक ८.०१ प्रतिशतले घटेको छ।

आज कारोबार रकमको आधारमा युनिभर्सल पावर शिर्ष स्थानमा रहेको छ।  उक्त कम्पनिको ६३ करोड ५८ लाख रूपैयाँको सेयर कारोबार भएको हो।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ। यसदिन सर्वाधिक १.७६ प्रतिशतले विकास बैंक समूहको परिसूचक बढेको छ।

  • न्युज बहार संवाददाता

थप