जेठ २५, काठमाडौँ। साताको अन्तिम कारोबार दिन अर्थात बिहिबार
सेयर बजार परिसूचक नेप्से एकल अंकले बढेर बन्द भएको छ।
आज नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९.६१ मा
रोकिएको छ। आजको यो बृद्धि ०.३८ प्रतिशत हो।
यस्तै आज सेन्सेटिभ इन्डेक्स भने
घेटको छ। आज सेन्सेटिभ इन्डेक्स १.०५ अंकले घटेर ३६४.४२ पुगेको छ। त्यसैगरी फ्लोट इन्डेक्स
०.५० अंकले बढेर १३५.११ अंकमा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२०
अंकले घटेर १२०.७५ मा बन्द भएको छ।
आज नेप्सेमा २ अर्ब ३० करोड ५८ लाख ८८ हजार रुपैयाँ बराबरको
शेयर खरिदबिक्री भएको छ।
बजारमा आज २७३ स्टकको ४३ हजार १२८ पटक कारोबार भएको छ।
आज ट्रेडिङ उपसमुहमा सबै भन्दा धेरै ५.५८ प्रतिशत बृद्धी भएको छ।
- न्युज बहार संवाददाता