Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तीव्र उतारचढावका बिच २.६० अंकले बढ्यो नेप्से

  •   ३ वर्ष अघि | २७ मंसिर २०८०, बुधबार

मंसिर २७, काठमाडौँ । गएको ८ दिन यता सेयर बजार परिसूचक नेप्से १५० अंकको  हाराहारीमा बढेको छ ।

आज बुधबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । कारोबार अवधिमा कहिले २७ अंकसम्म बढ्ने र कहिले ११ अंकसम्म घट्ने भयो। तर आज कारोबार रकम भने उच्च रहेको  छ।

आज नेप्से २.६० अंकले बढेर १९८८.०४ बिन्दुमा बन्द भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम ४० करोड रूपैयाँ घटेको हो।

यस दिन २९२ वटा धितोपत्रको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर किनबेचबाट ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैँयाको कारोबार भएको छ भने यो अघिल्लो दिनको तुलनामा ४० करोड रूपैयाँ घटेको हो ।

आज १०० वटाको घटेको छ भने १३४ कम्पनीको सेयर मूल्य बढेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।  

आज सर्वाधिक १० प्रतिशतले बोटलर्स नेपाल बालाजुको सेयरमूल्य बढेको छ।  

यस्तै, ५.०१ प्रतिशतले सुपर माइ हाइड्रोपावरको सेयर मूल्य घटेको छ ।

यसदिन सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बाँकी सबै समूहको परिसूचक बढ्दा होटल्स तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूहको परिसूचक घटेको छ। 

यसदिन सर्वाधिक १.१५ प्रतिशतले विकास बैंक समूहको परिसूचक बढेको छ भने सर्वाधिक १.६२ प्रतिशतले होटल्स तथा पर्यटन समूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप