जेठ ४, काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा बन्द भएको छ ।
यस दिन नेप्से घटेपनि कारोबार
रकम भने बढेको छ । बजारमा यस दिन ३०९ स्टकको ७९ हजार ८९३ पटकको कारोबारमा ८ अर्ब
५० करोड ९२ लाख २१ हजार रुपैयाँबराबरको १ करोड ६९ लाख ७ हजार कित्ता शेयर
खरिदबिक्री भएको हो ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार
भएको छ । यस दिन छ्याङ्दी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर
सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यस दिन कारोबारमा आएको कर्पोरेट
डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.७१ प्रतिशतले घटेको छ ।
यस दिन कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त
कम्पनीको यस दिन ७० करोड ३७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसुचक घटेको छ ।
यस दिन सर्वाधिक ४.१९ प्रतिशतले अन्य
उपसमूहको परिसूचक बढेको छ । यस दिन कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक
२.६८ प्रतिशतले घटेको छ।
- न्युज बहार संवाददाता