Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

५०.७३ अंकले घट्यो नेप्से, कारोबार रकम भने बृद्धी

  •   २ वर्ष अघि | ३० भदौ २०८१, आइतवार

भदौ ३०, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेको छ ।

आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्से घटेपनि कारोबार रकम भने बृद्धी भएको छ। बजारमा यस दिन ३२४ स्टकको १ लाख १९ हजार ७३९ पटकको कारोबारमा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँ बराबरको २ करोड ४८ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन हाइड्रोपावर, रिभरफल्स पावर, इष्टर्न हाइड्रोपावर र रावा इनर्जी र शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ६ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमा १३ वटैको परिसूचक घटेको छ। जसमध्ये सर्वाधकि ३.६३ प्रतिशतले होटल तथा पर्यटन उपसमूहको परिसूचक घटेको छ। 

  • न्युज बहार संवाददाता

थप