Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१८.०६ अंकले घट्यो नेप्से, कारोबार रकम भने बृद्धी

  •   ३ वर्ष अघि | १४ मंसिर २०८०, बिहिबार

मंसिर १४, काठमाडौँ । बिहीबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १८.०६ अंक (०.९६ प्रतिशत)ले घटेर  १८५८.५३ बिन्दुमा बन्द भएको छ।

यस दिन नेप्से परिसूचक घटे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ।

यस दिन २८९ वटा धितोपत्रको ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर किनबेचबाट १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रूपैयाँको सेयर कारोबार भएको छ ।

बिहीबार रूरू जलविद्युतको सेयर मूल्य सर्वाधिक ५.६३ प्रतिशतले बढेको छ भने विजय लघुवित्त, माउन्टेन इनर्जीको १० प्रतिशतले घटेको छ ।

आज नेप्सेमा नेपाल इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।

त्यसैगरी, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.११ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

यसदिन सर्वाधिक १.७३ प्रतिशतले जलविद्युत समूहको परिसूचक घटेको छ।

 

  • न्युज बहार संवाददाता

थप