Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

साताको पहिलो कारोबार दिन घट्यो नेप्से

  •   १ वर्ष अघि | ७ बैशाख २०८२, आइतवार

बैशाख ७, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ ।

आइतबार नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बजारमा यस दिन ३२८ स्टकको ७४ हजार ४५ पटकको कारोबारमा ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँबराबरको २ करोड १३ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज कारोबारमा आएको हिमालयन पावर पार्टनरको शेयरमूल्य यस दिन सर्वाधिक ७.३३ प्रतिशत घटेको छ।

यस दिन कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ६८ करोड ७६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।

यस दिन सर्वाधिक १.०२ प्रतिशतले व्यापार उपसमूहको परिसूचक बढेको छ भने वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

  • न्युज बहार संवाददाता

थप