Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

७.३३ अंकले घटेर बन्द भयो नेप्से

  •   २ वर्ष अघि | ३ माघ २०८१, बिहिबार

माघ ३, काठमाडौँ । बिहिबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा बन्द भएको छ।

यस दिन कारोबार रकम भने बढेको छ। बजारमा यस दिन २९६ स्टकको ७० हजार ६३४ पटकको कारोबारमा ५ अर्ब ९३ कराड ३७ लाख ११ हजार रुपैयाँबराबरको १ करोड १७ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज बजारमा बोटलर्स नेपाल (बालाजु) सहित ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । भने कारोबारमा आएको पोखरा फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा सिन्धु विकास बैंक शीर्ष स्थानमा रहेको छ। उक्त बैंकको यस दिन २८ करोड ५७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।

आज सर्वाधिक २.०३ प्रतिशतले व्यापार उपसमूहको परिसूचक बढेको छ भने कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.१९ प्रतिशतले घटेको छ।

  • न्युज बहार संवाददाता

थप