Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

५.१७ अंकले बढेर २९७८.८८ विन्दुमा बन्द भयो नेप्से

  •   १ वर्ष अघि | ८ साउन २०८२, बुधबार

साउन ७, काठमाडौँ । आज बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।

बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ विन्दुमा पुगेको छ।

यस दिन नेप्से बढेता पनि कारोबार रकम भने मंगलबारको तुलनामा सामान्य घटेको छ। बजारमा यस दिन ३१९ स्टकको १ लाख ७० हजार ३१८ पटकको कारोबारमा १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँबराबरको ४ करोड ४८ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

दुई स्टक(ट्रेड टावर र सान्भि इनर्जी)को शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सर्वाधिक ५.३२ प्रतिशतले भुगोल इनर्जी डेभलपमेन्टको शेयरमूल्य घटेको छ।

यस दिन कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ७८ करोड १० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

आज कारोबरमा आएको १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन सर्वाधिक ३.२३ प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशतले घटेको छ।

  • न्युज बहार संवाददाता

थप