Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२५९७.४९ विन्दुमा बन्द भयो नेप्से

  •   २ वर्ष अघि | १६ असोज २०८१, बुधबार

असोज १६, काठमाडौँ । बुधबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।

बुधबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३१० स्टकको ८३ हजार ८१ पटकको कारोबारमा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्तको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। उक्त फाइनान्सको यस दिन २० करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये वित्त उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन १.७५ प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको छ। 

  • न्युज बहार संवाददाता

थप