Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२४.५० अंकले बढेको नेप्सेमा बिकास बैंक परिसुचकमा सर्वाधीक बृद्धी

  •   २ वर्ष अघि | १५ माघ २०८१, मङ्लबार

माघ १५, काठमाडौँ । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ।

आज नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा बन्द भएको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बजारमा यस दिन ३२५ स्टकको ९५ हजार ९७ पटकको कारोबारमा ९ अर्ब ४० कराड २६ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ९६ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तिनिहरु क्रमश सिक्लेस हाइड्रोपावर, उपकार लघुवित्त वित्तीय संस्था, जानकी फाइनान्स, थ्रिस्टार हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रोपावरको रहेका छन । आज कारोबारमा आएको दोल्ती पावरको शेयरमूल्य सर्वाधिक ८.४३ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा सप्तकोशी डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। उक्त बैंकको यस दिन ३८ करोड २१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये सर्वाधिक ४.०७ प्रतिशतले विकास बैंक उपसमूहको परिसूचक बढेको छ ।

  • न्युज बहार संवाददाता

थप