Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साताको अन्तिम कारोबार दिन पनि घट्यो नेप्से

  •   ३ वर्ष अघि | ११ माघ २०८०, बिहिबार

माघ ११, काठमाडौँ । आज निरन्तर सातौँ कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। गत मंगलबारदेखि घट्न थालेको नेप्से आज पनि झिनो अंक घटेको छ । आज नेप्से ३.९४ अंक (०.१८ प्रतिशत) ले घटेर २०८४.०९ बिन्दुमा बन्द भएको छ ।  

यस दिन नेप्सेसँगै कारोबार रकम पनि सामान्य घटेको छ। यस दिन ३०४ स्टकको ९१ हजार ३६४ पटकको कारोबारमा ३ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सामलिङ्ग पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य सर्वाधिक ५.०३ प्रतिशतले घटेको छ।

यस दिन पनि कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।

साताको अन्तिम कारोबार दिन बिहीबार १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक घटेको छ भने ५ उपसमूहको परिसूचक बढेको छ ।

आज बैंकिङ्ग, विकास बैंक, वित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको छ । सर्वाधिक १.०३ प्रतिशतले होटल तथा पर्यटन उपसमूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप