Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज नेप्सेमा दोहोरो अंकको बृद्धी, कारोबार रकम पनि बढ्यो

  •   ३ वर्ष अघि | २१ मंसिर २०८०, बिहिबार

मंसिर २१, काठमाडौँ । बिहीबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ११.७३ अंक (०.६३ प्रतिशत) ले बढेर १८५२.७७ बिन्दुमा बन्द भएको छ।

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बृद्धी भएको छ।

यस दिन उक्त रकम बढेर

यस दिन २९९ वटा धितोपत्रको ९५ लाख ०५ हजार ६०८ कित्ता सेयर किनबेचबाट २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रूपैयाँको कारोबार भएको छ ।

आज बिहीबार त्रिशूली जलविद्युतको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक ७.८१ प्रतिशतले घटेको छ।

आज नेप्सेमा नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बाँकी सबै समूहको परिसूचक बढ्दा व्यापार समूहको परिसूचक ०.५० प्रतिशतले घटेको छ । आज सर्वाधिक २.११ प्रतिशतले निर्जीवन बीमा समूहको परिसूचक बढेको छ।

  • न्युज बहार संवाददाता

थप