मंसिर १९, काठमाडौँ । आज मंगलबार पनि नेप्से परिसुचक घटेको छ । आज नेप्से
परिसूचक १०.१० अंक (०.५४ प्रतिशत)ले घटेर १८३७.७१ बिन्दुमा बन्द भएको छ।
यसदिन नेप्से
परिसूचक घटे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ।
यस दिन
उक्त रकम बढेर पुगेको छ।
यस दिन
२९२ वटा धितोपत्रको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर किनबेचबाट १ अर्ब ५४ करोड ४९
लाख ३५ हजार ४३८ रूपैयाँको कारोबार भएको हो।
आज
नेप्सेमा सिंगटी हाइड्रोपावको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने विशाल
बजारको सेयर मूल्य सर्वाधिक ९.५३ प्रतिशतले घटेको छ।
यसदिन माउन्टेन इनर्जीको सर्वाधिक कारोबार भएको छ।
त्यसैगरी, आज कारोबारमा आएका १३ वटा
समूहगत परिसूचकमध्ये जीवन बीमा समूहको परिसूचक ०.१६ प्रतिशतले बढ्दा बाँकी सबै
समूहको परिसूचक घटेको हो।
- न्युज बहार संवाददाता