Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपिओ बाँडफाँट, नतिजा यसरी हेर्नुस

  •   ३ वर्ष अघि | १९ मंसिर २०८०, मङ्लबार

मंसिर १९, काटमाडौँ । आज मंगलबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ। 

आज बिहान बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १ लाख १४ हजार ८०० जनाले १० कित्ताका दरले सेयर पाएका छन्। 

बिक्री प्रबन्धकका अनुसार १२ लाख ७८ हजार ८६७ जनाले यस कम्पनिको आइपिओका लागि आवेदन दिएकोमा ४ हजार ३०० जनाको आवेदन रद्द भएको थियो भने  योग्य १२ लाख ७४ हजार ५६७ आवेदकहरुलाई गोलाप्रथामा समावेश गराइएको छ । 

उक्त आइपिओ कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म बिक्री गरेको थियो।

आइपिओको नतिजा लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्ट, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट हेर्न सक्नेछन्। 

  • न्युज बहार संवाददाता

थप