Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आजदेखि खुल्यो माबिलुङ्ग इनर्जी लिमिटेडको आइपिओ

  •   १२ महिना अघि | २७ साउन २०८२, सोमवार

साउन २६, काठमाडौँ । आज सोमबारदेखि माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ।

कम्पनीले दोस्रो चरणमा १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

यस आइपिओमा साउन २९ गतेसम्म आवेदन दिन सकिन्छ त्यस अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि भदौ ९ गतेसम्म लम्बिनेछ।

आइपिओ निष्कासनका लगि गराएको रेटिङमा कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ सिंगल बी प्लस' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको भन्ने बुझिन्छ।

लक्ष्मी सनराइज क्यापिटल कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

 

  • न्युज बहार संवाददाता

थप