साउन
१, काठमाडौँ । आज देखि सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियमा आइपिओ निष्कासन सुरु
भएको छ।
सन नेपाल
लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम
स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आजबाट आइपिओ
निष्कासन गरेको हो।
कम्पनीले
विदेशमा रोजगारी गएकाहरुको लागी ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आइपिओ छुट्याएको
छ।
वैदेशिक
रोजगारीमा रहेका नेपालीहरूले सो मध्ये प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा
प्रिमियम १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा ९ लाख ६० हजार कित्ता आइपिओको लागि
आवेदन दिन पाउने छन।
साउन १५ गते यस आइपिओमा आवेदन दिने अन्तिम दिन हुनेछ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ।
- न्युज बहार संवाददाता