Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुपरमाई हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुस नतिजा ।

गोलाप्रथामार्फत ४१ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

  •   ४ वर्ष अघि | ५ फाल्गुन २०७९, शुक्रबार

आज शुक्रबार बिहान सुपरमाई हाइड्रोपावरको आइपिओ बाँडफाँट भएको छ। 

बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत ४१ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाएका छन्। 

बिक्री प्रबन्धकले जानकारी अनुसार उक्त आइपिओमा कुल १३ लाख २२ हजार ४९२ जनाले आवेदन दिएका थिए भने ४ हजार १७२ जनाको आवेदन रद्द भएको थियो। 
 
कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आइपिओ बिक्री खुला गरेको हो। 

लगानीकर्ताले मेरोसेयर एकाउन्टबाट, बिक्री प्रबन्धकको वेबसाइट साथै कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि आइपिओको नतिजा हेर्न सक्नेछन्।

 

थप