Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

माया खोला हाईड्रोपावरको आईपीओ बाँडफाँट ।

आईपीओको नतिजा हेर्न के गर्ने ?

  •   ४ वर्ष अघि | २६ माघ २०७९, बिहिबार

माया खोला हाइड्रोपावर लिमिटेडको माघ २६ गते, बिहीबार आईपीओ बाँडफाँट भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्ध प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

माया खोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि यही माघ १३ देखि माघ १७ सम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १९ लाख ९२ हजार कित्ता साधारण सेयर निष्कनसन गरेको थियो ।

उक्त कम्पनिको आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकले १ करोड ६३ लाख ६ हजार ७६० कित्ता माग गर्दै आवेदन दिएका थिए। सोमध्ये १२ लाख ७८ हजार ६८८ आवेदन स्वीकृत भएको छ। सो माध्ये १ लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। आईपीओको नतिजा मेरो शेयरको वेवसाईट, प्रभु क्यापिटलको अफिसियल वेवसाईटबाट आफ्नो डिम्याट नम्बर हालेर सजिलै हेर्न सकिन्छ ।

थप