असार २९, काठमाडौँ। सनराइज बैंक र लक्ष्मी बैंकको एकीकृत कारोबार आजबाट सुरु भएको छ। दुबै बैंक एक आपसमा मर्जर भएपछी आज शुक्रबार देखि एकीकृत कारोबार सुरू गरेका हुन।
दुवै बैंक
एक भएपछि अब बैंकको नयाँ नाम लक्ष्मी सनराइज बैंक भनि सुरु भएको छ।
गत जेठ ८
गते दुई बैंकबीच मर्जरका लागि अन्तिम सम्झौता भएको थियो।
मर्जरपछि
बन्ने बैंकको केन्द्रीय कार्यालय काठमाडौंको हात्तीसारमा रहने भएको छ।
दुवै
बैंक समान हैसियत अर्थात् १:१ को स्वाप रेसियोमा मर्ज भएका हुन।
१:१ को
अर्थ सनराइज बैंक र लक्ष्मी बैंकको १०/१० कित्ता सेयर हुने लगानिकर्ताको मर्जरपछि
बन्ने लक्ष्मी सनराइज बैंकको पनि १० कित्ता सेयर नै हुनेछ।
यी दुबै बैंक एक भएपछि चुक्ता पुँजी २१ अर्ब ६६ करोड
रुपैयाँभन्दा बढी पुगेको छ।
- न्युज बहार संवाददाता