फागुन १, काठमाडौँ । आज साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। लगानीकर्ताहरुले अपेक्षा गरेअनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा नआउँदा यस दिन लगानीकर्ताहरु निराश भएका हुन।
मंगलबार नेप्से परिसूचक ३०.५६ अंक(१.४५ प्रतिशत)ले घटेर २०७०.५९ विन्दुमा बन्द भएको छ। यस दिन नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। यस दिन ३०५ स्टकको ८२ हजार ८९९ पटकको कारोबारमा ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन घटेको बजारमा पनि तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समाज लघुवित्त, बोटलर्स नेपाल (बालाजु) र सुपर माइ हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने कारोबारमा आएको गुराँस लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ९.७० प्रतिशत घटेको छ।
यस दिन पनि कारोबार
रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।
यसदिन
१३ वटै उपसमूहको परिसूचक घटेको छ। आज सर्वाधिक २.४० प्रतिशतले विकास बैंक उपसमूहको
परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता