Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मौद्रिक नितीको अर्धबार्षिक समिक्षा शुक्रबार ।

अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक ।

  •   ४ वर्ष अघि | २६ माघ २०७९, बिहिबार

राष्ट्र बैंकले व्यवसायीहरूको अपेक्षा विपरीत बजारमा तरलता बढाउने गरी नीतिगत दर परिवर्तन नगर्ने भएको छ।अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अहिले कायम नीतिगत दर नचलाउने संकेत गरेको हो।

एक कार्यकारी निर्देशकले भने अहिले रेमिटेन्स आप्रवाह बढेको छ, आयात घटेको छ,  'आयात पनि उच्च दरमा नहुने हो भने रेमिटेन्स बढ्दै जाँदा बजारमा आफैं तरलता बढ्न थाल्छ, ब्याजदर समेत घट्दै जान्छ।' 

राष्ट्र बैंकले यही कारणले गर्दा नीतिगत दर नचलाउने उनले स्पष्ट पारेका छन। बजारमा पैसाको प्रवाह नै रोकिएको व्यवसायीहरूले बताउँदै आएका छन् दुई खर्ब हाराहारी कर्जा लगानी योग्य पुँजी रहेपनि वाणिज्य बैंकहरू अलि सचेत भइरहेकोले हाल बजारमा पैसाको प्रबाह कम भएको कार्यकारी निर्देशक बाताउँछन। 

सबैभन्दा धेरै समस्यामा साना व्यवसायीहरू पैसाको प्रवाह रोकिदा मारमा परेको व्यवसायी शेखर गोल्छाले बताए। सेयर बजार सम्बन्धमा भने लगानीकर्ताहरू राष्ट्र बैंको नीतिमा केही लचिलो हुने अपेक्षामा छन्। 

थप