Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सामान्य बढ्यो नेप्से, ४ उपसमूहको परिसूचकमा भने गिरावट

  •   २ वर्ष अघि | २ मंसिर २०८१, आइतवार

मंसिर २, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ।  

आज नेप्से परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ विन्दुमा बन्द भएको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सामान्य बृद्धी भएको छ । बजारमा यस दिन ३२६ स्टकको १ लाख १३ हजार २५२ पटकको कारोबारमा ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ बराबरको २ करोड ४४ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

आज तीन स्टक स्वाभिमान लघुवित्त वित्तीय संस्था, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्था र समृद्धि फाइनान्सको शेयर भने सर्वाधिक १० प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ४५ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बृद्धी छ भने ४ उपसमूहको परिसूचकमा गिरावट आएको छ ।  

यस दिन सर्वाधिक २.२१ प्रतिशतले होटल तथा पर्यटन उपसमूहको परिसूचक बढेको छ भने यस दिन सर्वाधिक १.६३ प्रतिशतले वित्त उपसमूहको परिसूचक घटेको छ।

 

  • न्युज बहार संवाददाता

थप