असार
५, काठमाडौँ। कारोबारको तेस्रो दिन अर्थात आज मंगलबार सेयर बजार परिसुचक नेप्सेमा दोहोरो
करेक्सन आएको छ।
हिजो सोमबार
पनि सामान्य करेक्सन आएको नेप्सेमा आज २६.५६ अंकको करेक्सन आएको हो।
आज नेप्से
परिसूचक २६.५६ अंकले घटेर २०६४.८३ बिन्दुमा पुगी बन्द भएको छ।
नेप्सेको आजको यो घटाई १.२७
प्रतिशत हो। आज मंगलबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको
तुलनामा बढेको छ।
यस
दिन नेप्सेमा ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँको कारोबार भएको छ।
यस दिन २६८ वटा धितोपत्रको १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सेयर किनबेच भएको हो।मंगलबार सिटी होटलको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने हिजो जस्तै युनिक नेपाल लघुबित्तको सेयरमुल्य सर्वाधिक घटेको छ।
- न्युज बहार संवाददाता