Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेप्से र कारोबार रकम दुबै सामान्य बढ्यो

  •   २ वर्ष अघि | ३० जेष्ठ २०८१, बुधबार

जेठ ३०, काठमाडौँ । नेप्से परिसुचक दोस्रो दिन पनि बढेको छ  । बुधबार नेप्से परिसूचक ६.३७ अंक(०.३० प्रतिशत)ले बढेर २१२१.६२ विन्दुमा बन्द भएको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । बजारमा यस दिन ३१२ स्टकको ७४ हजार ८५८ पटकको कारोबारमा ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड २९ लाख कित्ता शेयर कारोबार भएको हो ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मिड सोलु हाइड्रोपावर, समृद्धि फाइनान्स, ग्रीनलाइफ हाइड्रोपावर र साधना लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो यस दिन कारोबारमा आएको सयपत्री हाइड्रोपावरको शेयरमूल्य साढे ४ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन २७ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।

आज सर्वाधिक १.०७ प्रशितले वित्त उपसमूहको परिसूचक बढेको छ । यस दिन जलविद्युत, होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक भने घटेका छन।

  • न्युज बहार संवाददाता

थप