भदौ ११, काठमाडौँ । आज नेप्से परिसूचक ५.०९ अंक (०.२५ प्रतिशत)ले बढेर १९९८.४८ बिन्दुमा बन्द भएको छ। आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ।
यस दिन २७९ वटा धितोपत्रको ३६ लाख ५१ हजार ५९८ कित्ता सेयर किनबेचबाट ९७ करोड ९५ लाख ९१ हजार ७९४ रुपैयाँको कारोबार भएको छ।
आज पनि कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा स्वावलम्बन लघुवित्त रहेको छ।
यस दिन लक्ष्मी सनराइज बैंकको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, यस दिन कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बृद्धी भएको छ।
आज नेप्सेमा होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ०.८१ प्रतिशतले बृद्धी भएको छ।
- न्युज बहार संवाददाता