जेठ ९, काठमाडौं । आज मंगलबार साताको तेस्रो
कारोबार दिन सेयर बजार परिसुचक नेप्से ५१.३१ अंकले वृद्धि भएको छ। कारोबार सुरु
भएको केही समय देखिनै बढ्न थालेको नेप्से ५१.३१ अंकले बढेर १९४२.६३ बिन्दुमा
रोकिएको छ। आज मात्र नेप्से २.१ प्रतिशतले बढेको हो।
आज मंगलबार कारोबार रकम पनि बढेको छ आज २ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ भने यस दिन लघुबित्त उपसूचक सबै भन्दा धेरै ४.०३ प्रतिशतले बढेको छ।
आज मंगलबार
नेप्सेमा करिब ३ महिना यताकै उच्च रकमको कारोबार भएको हो ।
आज कारोबार अबधीभर शिवम् सिमेन्टको सर्वाधकि १० करोड ५ लाख रुपैयाँको कारोबार भएको छ।
- न्युज बहार संवाददाता